२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

नवलपरासीमा मनाइयो मोहम्मद ज्यन्ती

सोमवार , भाद्र ३१, २०८१

  • 832
    Shares
  • 832
    Shares
  • परासी, ३१ भदौ । 
    पश्चिम नवलपरासीमा पनि मोहम्मद जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । आज विश्वभरीका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९९ आंै जन्मजयन्ती धुमधामका साथ मनाइरहेका बेला नवलपरासीका मुस्लिमहरु धर्मावलम्बीहरुले परासी सदरमुकाममा बृहत जुलुस निकाली उक्त जयन्ती धुमधामका साथ मनाएका हुन् ।

    राष्ट्रिय ओल्मा काउन्सिल नेपाल र मोहम्मद जयन्ती मूल समितिको संयुक्त नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा एक भव्य जुलुस निकाली मोहम्मद जयन्ती मनाइएको हो । जिल्लाको विभिन्न गाउँ तथा पालिकाहरुबाट आएको स–साना मोहम्मद ज्यन्ती जुलुसहरु रामग्राम नगरपालिका–२ हाटबजारमा जुटी एक भव्य ज्लुसको सकल दिइएको थियो ।
    हाटबजारबाट निकालिएको उक्त भव्य मोहम्मदी ज्लुस बाईपास चोक, घोडपाली हँुदै जिल्ला प्रशासन, घण्टाघर चोक हुँदै बुद्धचोकको परिक्रममा गरेको थियो । मोहम्मद जयन्ती जुलुस परासी बजारका मुख्यमुख्य चोकहरु परिक्रमा गर्दै बुद्धचोकस्थित सानो कोणसभा पश्चात परासी हाटबजारको बृहत कोणसभामा परिणत भएको थियो ।

    मोहम्मदी जुलुसमा हजार बढी मुस्लिमहरुको सहभागीता रहेको थियो । जुलुसमा सहभागीहरु, ईस्लामिक पोशाकमा सजिएर रंगिचंगी ब्यानर, इस्लामी तथा राष्ट्रिय झण्डा बोकी विभिन्न धार्मिक, सामाजिक र राष्ट्रिय नारा लगाउँदै जुलुस घुमाएका थिए ।

    ईस्लाम धर्मका अन्तिम र ठुलो पैगम्बर आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामी तथा सामाजिक सन्देश दिन मुस्लिम समुदायहरु वर्षेनी यसरी भव्यताका साथ मोहम्मद ज्यन्ती मनाउँदै आएका छन् ।  बर्षेनी अरबी हिजरीकोे छैठौं महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु यो मोहम्मद जयन्ती मनाउँदै आएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिंयाले बताए । उनले आजकै दिन हाम्रो पैगम्बर हजरत मोहम्मद साहबको जन्म भएको दिन भएकाले हामीहरु खुशी र उत्सव मनाउन यो जुलुस निकालेको बताए ।

    पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुप्रथा तथा विकृति विसंगतिलाई समाप्त पारी सही मार्गदर्शन गरेको मुस्लिम समुदायको धार्मिक मान्यता रहेको छ । विश्वभरी सँगै आइतबार नवलपरासीमा पनि ४० बढी गाउँहरुमा बिहान स–साना मोहम्मदी जुलुस निकाली गाउँभरी परिक्रमा गर्दै मोहम्मद जयन्ती मनाइयो । मोहम्मद जयन्तीको शुभ अवसर पारी विभिन्न गाउँहरुमा मिलादी तथा फतेहा खानी जस्ता कार्यक्रम समेत आयोजना समेत गरिएको थियो ।

    यस अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरानय पढने, दानपुन गर्ने, सामाजिक सदभाव कायम गर्ने मिठो मिठो पक्वान पकाई साथीभाईहरुलाई खुवाउने र ईस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरु गरिने गरिन्छ । 

    मोहम्मद ज्यन्तीको शुभ अवसरमा दुई दिन अगाडी यसै जिल्लामा राष्ट्रिय धार्मिकता एकता सम्ममेलन र हिजो आईतबार पृथ्वीचन्द्र अस्पतालका विरामीहरुलाई फलफूल समेत विरतण गरिएको थियो । कोणसभामा ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैदय गुलाम हुसैन मिँया, मोहम्मद जयन्ती समितिका अध्यक्ष हैदर अलि मोमिन, हाजी तैयब अलि अन्सारी, मोलाना मोहरम अनि निजामी, मोलाना उमर अलि निजामी, समाजसेवी अमिरुल्लाह मिँया, समाजसेवी कासिद अली लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

    20240916_140206.jpg
    20240916_144034.jpg