
मंगलवार , आश्विन १, २०८१
भैरहवा, १ असोज ।
विश्व हिन्दू महासंघ सिद्धार्थनगर नगर समिति, रुपन्देहीले सोमबार भैरहवामा पिउने पानी वितरण कार्यक्रम गरेको छ । १४९९ औं मोहम्मद जयन्तीको अवसर पारेर पानी वितरण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र पौडेलले बताए ।
मोहम्मद जयन्तीको अवसरमा निकालिएको र्यालीमा सहभागीहरुलाई लक्षित गर्दै भैरहवाको बैंकरोडमा पिउने पानी वितरण कार्यक्रम गरिएको विश्व हिन्दू महासंघ सिद्धार्थनगरका सभापति गोपाल भण्डारीले बताए ।
उनका अनुसार सोमबार १ हजार ८ सय जनालाई पानी वितरण गरिएको थियो । ‘यो कार्यक्रम गर्न पाउँदा खुसी छौं, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij