
मंगलवार , आश्विन १, २०८१
भैरहवा, १ असोज । लायन्स क्लब अफ तिलोत्तमा मेरिगोल्डले ब्युटिसियन तालिम शुरु गरेको छ । तालिमको एक कार्यक्रममाबीच लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पीं, नेपालका गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले उद्घाटन गरे ।
महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले ब्युटिसियन तालिम शुरु गरिएको क्लबकी अध्यक्ष शान्ति शर्माले जानकारी दिइन् । उनले गृहणी महिलाहरुलाई सीप सिकाएर आयआर्जनमा जोड्न र व्यवसाय चलाउन चाहने महिलाहरुलाई व्यवसायी बनाउनका लागि तालिम दिइएको बताइन् ।
गभर्नर प्रधानाङ्गले यस्ता खालका तालिमले महिला दिदीबहिनीहरुमा आत्मनिरर्भता बढ्नुकन साथै क्षमता विकासमा ठुलो टेवा पुग्ने बताए । तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्ने गरी तालिममा सहभागी हुन सबैलाई उनको आग्रह छ ।
३ महिनासम्म चल्ने तालिममा १५ जना महिलाको सहभागीता रहेको छ । तालिममा क्लबकी अध्यक्ष तथा ब्युटिसियन शान्ति शर्मा, दुर्गा पाण्डे र माया शर्माले प्रशिक्षण दिने कार्यक्रम संयोजक राजेश्वरी गौचन जानकारी दिइन् । उद्घाटन कार्यक्रमको सञ्चालन माया शर्माले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij