२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निजामती कर्मचारी युनियन रुपन्देहीद्वारा कांग्रेस केन्द्रीय पुस्तकालयलाई एकलाख सहयोग

मंगलवार , आश्विन १, २०८१

भैरहवा, १ असोज ।
नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई एकलाख बराबरको सहयोग गरेको छ । केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थीको उपस्थितिमा रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे र सचिव बालकृष्ण कंडेललले कांग्रेस महामन्त्री गगन कुमार थापालाई एकलाख एक रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा महामन्त्री थापाले रचनात्मक काम गरेकोमा रुपन्देही युनियनको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा युनियनका केन्द्रीय सदस्य नवीन पन्थीले कर्मचारीले उठाउँदै आएका विषयलाई सम्बोधन गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा थप पहल गर्न महामन्त्री थापालाई आग्रह गरे ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डेले पुस्तकालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले कर्मचारी युनियन रूपन्देहीले पेशागत हकहितका अतिरिक्त आफ्ना सदस्यहरूको निःशुल्क दुर्घटना बीमा, जीवन विज्ञान लगायतका जीवनोपयोगी कार्यक्रम सञ्चालन, वृद्धाश्रममा सहयोग प्रदान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान लगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिए ।