२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय प्रजातान्त्रिक निर्माण व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा अहमद शाह

बुधवार , आश्विन २, २०८१

भैरहवा, २ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक निर्माण व्यवसायी संगठनले रुपन्देहीमा जिल्ला संगठन गठन गरेको छ । बुधबार संगठनका केन्द्रीय उपाध्यक्ष बलराम शर्माको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य युवराज तिमिल्सना र झबिन्द्र फुलेलको विशिष्ट आतिथ्यतामा भएको भेलाले अहमद अली शाहको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

संगठनको उपाध्यक्षमा अमित श्रीवास्तव, सचिवमा विन्ध्याचल पाल र कोषाध्यक्षमा राधेश्याम गुप्ता रहेका छन् । त्यस्तै सदस्यहरुमा शिशिर विजय शाही, रोजर क्षेत्री, मोहम्मद माहसिन मुसलमान, ईकबाल अहमद वारसी र सुमन थापा रहेका छन् ।

त्यसै गरी संगठनको कानूनी सल्लाहकारमा अधिवक्ता दिलिप कुमार मल्लिक, सल्लाहकारमा छेदीलाल श्रीवास्तव र सुन्दर गुप्ता रहेका छन् ।