२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

श्री संस्कृत विद्या संन्यास आश्रमको अध्यक्षमा पौडेल

बिहिवार , आश्विन ३, २०८१

भैरहवा, ३ असोज ।
श्री संस्कृत विद्या संन्यास आश्रम, भैरहवाको ३० औं साधारण सभा तथा १० औं अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले भविलाल पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा खगराज आचार्य, उपाध्यक्षमा मंगल भण्डारी, महासचिवमा सुरेन्द्र बस्याल, सचिवमा दीपकराज श्रेष्ठ र कोषाध्यक्षमा बालकृष्ण अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा सीता श्रेष्ठ, अरुण कुमार गोयनका र अरुण मिश्रा रहेको मंगल भण्डारीले बताए ।

WhatsApp Image 2024-09-19 at 1.01.47 PM.jpeg

परम पूजनीय पीठाधीश श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराजको सानिध्यमा तथा आश्रम व्यवस्थापन समितिका अध्यक्ष डी.आर. शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरुले आश्रमको सेवा र संस्कृत शिक्षाको प्रसारमा निरन्तर समर्पण गरिरहेका सदस्यहरूलाई बधाई ज्ञापन गरे । उनीहरुले नयाँ समितिलाई आश्रमको दीर्घकालीन योजनाहरु कार्यान्वयन गर्दै, संस्कृत संस्कृतिको संरक्षण र प्रवर्धनमा अझ योगदान पुर्याउने अपेक्षा गरे ।