२०८३, आश्विन ३ गते

Sep 19 2026 | २०८३, आश्विन ३ गते

राजनीतिक स्थायीत्वलाई बलियो बनाउन संविधान संशोधन : उपमहासचिव ज्ञवाली

बिहिवार , आश्विन ३, २०८१

  • 688
    Shares
  • 688
    Shares
  • काठमाडौं, ३ असोज । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायीत्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

    बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधानको कार्यान्वयन गर्दै ९ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीलाई पूरा गर्ने समय आएको बताए। उनले यस बीचमा धेरै राम्रा उपलब्धिहरु भएका पनि बताए। मौलिक अधिकारहरु स्थापित हुनु, द्वन्द्व अन्त्य भएर मुलतः मुलुक नयाँ कोर्षमा अगाडि बढ्नु सकारात्मक पक्ष रहेको उल्लेख गरे । उनले समतामुलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना संविधानले गरेको भएपनि त्यसका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताए । संविधानको परिकल्पनाअनुसार समतामुलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण हुन नसक्नु राजनीतिक अस्थिरता रहेको बताए । 

    उपमहासचिव ज्ञवालीले संघीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने बताए । उनले संघ सरकारबाट बन्नुपर्ने केही कानूनहरु नबन्दा प्रदेशले पूर्ण रुपमा अधिकार प्रयोग गर्न नपाएको बताए । काठमाडौंमा पानी पर्दा जनकपुरमा छाता ओढ्नुपर्ने राजनीतिक परिवेश बनाउन नहुने बताए ।