२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रुपन्देहीको एक उद्योगमा आगलागि, ९ करोड बढीको क्षती 

शनिवार , फाल्गुण २२, २०७७

भैरहवा।

रुपन्देहीमा रहेको एक उद्योगमा आगलागी भएको छ। रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ३ बेतहीमा रहेको एभरेष्ट डोर इन्डिष्टिज तथा सदिक्षा स–मिलमा आगलागी भएको हो। आगलागीका कारण ९ करोड बढीको क्षति भएको उद्योगले जनाएको छ।157657243_3852239128167021_9157831689503746095_n.jpg  

प्लाई तथा प्लाईका ढोका उत्पादन गर्ने उक्त उद्योगमा आगलागी हुँदा ९ करोडको क्षति भएको उद्योगले जनाएको छ। 

विद्युत सट भएर आगलागी भएको बताइए पनि आगलागीको खास कारण भने अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका आगो नियन्त्रणका लागि जिल्लाका बिभिन्न स्थानबाट ५ वटा दमकल पुगेका थिए। ५ वटा दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा ४ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो। 

उद्योगमा तयारी अबस्थाका ढोका र प्लाइउड, कच्चा पदार्थदेखि दुई करोड रुपैयाँसम्म पर्ने ठूला मेसिनसमेत पूर्ण रुपमा जलेर नष्ट भएको इन्डष्ट्रिजका प्रबन्धक रामप्रसाद खनालले बताए। उनले बजारमा पठाउन तयार भएको तयारी सामान जलेर नष्ट भएको बताए । 

उद्योगमा आगोको मुस्लो देखेपछि छिमेकीले सञ्चालकलाई खवर गरेका थिए। ३ वर्ष अगाडि १५ करोड लगानीमा उद्योग सञ्चालनमा आएको थियो। 

आगलागी बाट करोडौको क्षति भएपनि स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी हेर्नसमेत नआएको खनालले बताए। 
ण्ण्ण्ण्ण्