२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संविधान दिवसको अवसरमा सियारीमा रक्तदान

बिहिवार , आश्विन ३, २०८१

भैरहवा, ३ असोज । रुपन्देहीको सियारी गाउँपालिकामा रक्तदान कार्यक्रम गरिएको छ ।

दशौं संविधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा २५ जनाले रक्तदान गरेको स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले जानकारी दिए ।

रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले रक्तदान कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिदै स्वास्थ्य संस्थामा नियमित रुपमा रक्तदान कार्यक्रम गर्नुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाईटी सियारी उपशाखाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । रेडक्रस सोसाईटीले प्राविधिक सहयोग गरेको थियो ।