२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सियारीमा शताब्दी महिला तथा पुरुषलाई सम्मान

बिहिवार , आश्विन ३, २०८१

भैरहवा, ३ असोज । रुपन्देहीको सियारी गाउँपालिकाले संविधान महिला तथा पुरुषलाई सम्मान गरेको छ ।

१० औं संविधान दिवसको अवसरमा सियारीभित्र स्थायि बसोबास गर्दै आएका ६ जना शताब्दी महिला तथा पुरुषलाई सम्मान गरिएको हो ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले दोसल्ला, प्रमाणपत्र तथा उपहार दिएर सम्मान गरेका हुन् ।

सियारीले ११९ वर्षिय औतारी थारु, १०५ वर्षिय केवला मल्लाह चाई, समुनरी चमार, १०२ वर्षिय सुकु कुमाल, जसोधरा थारु र १०१ वर्षिय श्री थारुलाई सम्मान गरेको हो ।

प्रजातन्त्र तथा लोकतन्त्र प्राप्तीका लागि शताब्दी पुरुषहरुको महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको पालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । सियारीले संविधान दिवसको अवसरमा उनीहरुसहित लोकतन्त्रमा योगदान पुर्‍याउने नागरिक, उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सामूदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई पनि सम्मान गरेको छ ।