
बिहिवार , आश्विन ३, २०८१
भैरहवा, ३ असोज ।
संविधान संशोधनको माग गर्दै जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले बिहीबार भैरहवामा विरोध प्रदर्शन गरेको छ । सिद्धार्थनगर नगरपालिका–१२ स्थित युनिक बैंक्वेट अगाडिबाट सुरु भएको विरोध र्याली जनकपथ, नयाँसडक, देवकोटा चोक, शान्तिनगर हुँदै युनिक बैंक्वेटमा पुगेर समापन भएको थियो ।
यालीमा सहभागी जनमतका नेता कार्यकर्ताहरुले संविधान संशोधन गरौं, पूर्ण अधिकारसम्पन्न सम्पन्न र स्वायत्त प्रदेश स्थापना गर, प्रदेशको सीमांकन सच्याउ, भाषिक तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर, सामाविक लोकतन्त्र कायम गरे ।
विरोध प्रदर्शनमा पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवसहित नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij