
शुक्रवार , आश्विन ४, २०८१
काठमाडौं, ४ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्नेकुरा निन्दनिय र आलोच्य भएको टिप्पणी गरे । उनले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरु हातेमालो गर्न तयार रहेको बताए । उनले संविधानमा संशोधन गर्नुपर्ने भएपनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताए । उनले संशोधनको विषयहरु आएपछि आफूहरु छलफल गर्न तयार हुने पनि बताए । जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्नेगरी कुनैपनि संशोधन भए स्वीकार्य नहुने बताए ।
अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाभई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताए । उनले सामाजिक सञ्जामा अबदेखि पार्टीकारिुद्ध जथाभावी नलेख्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij