२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

पारिस्थितिक प्रणाली जोगाइराख्न वातावरणमैत्री व्यवहार आवश्यक : मुख्यमन्त्री आचार्य

शुक्रवार , आश्विन ४, २०८१

  • 721
    Shares
  • 721
    Shares
  • देउखुरी, ४ असोज । 
    लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस सम्पन्न गरेको छ । असोज २, ३ र ४ गते तीनदिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको हो । दिवसको अन्तिम दिन शुक्रवार वृक्षरोपण गरेर संविधान दिवस औपचारिक रुपमा समापन गरिएको छ । 

    दाङको राप्ती गाउँपालिका–३ स्थित घण्टदेव सामुदायिक वन क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वृक्षरोपण गर्दै संविधान दिवसको अवसरमा आयोजित सबै औपचारिक कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भएको घोषणा गरे । उनले दिवसलाई भव्य बनाउन सहयोग गर्ने आम सर्वसाधारण नागरिकसहित सरोकारवाला पक्ष सबैमा धन्यवाद ज्ञापन गरे ।‘संविधान दिवसलाई भव्य बनाउन सहयोग गर्न सबैप्रति अभार व्यक्त गर्दछु’मुख्यमन्त्री आचार्यले भने,‘संविधान कार्यान्वयन प्रमुख सवाल हो । प्रदेशलाई बलियो बनाउन संविधान कार्यान्वयनमा सबै जुटौं ।’ 

    वन, वातावरण तथा जैविक विविधताको संरक्षणबाट मात्रै पारिस्थितिक प्रणाली जोगाइ राख्न सकिने उनले बताए । यसका लागि वातावरणमैत्री व्यवहार गर्न सबैमा उनले आग्रह गरे । 
    प्रमुख सचिव महादेव पन्थले वृक्षरोपणले संविधान दिवसको सान्दर्भिकता पुष्टी गरेको बताए । ‘एउटा विरुवाको हुर्काइसँग त्यसको भविष्य जोडिएको हुन्छ । जसरी आज विरुवा रोपिएको छ । यसको हेरचाह र व्यवस्थापना गरेको खण्डमा यसको आयू र हुकाई छिटो हुन्छ । त्यसै गरी संविधान पनि एउटा विरुवा जस्तै परिपक्व र त्यसले सबैलाई लाभ दिदै जान्छ’उनले उदाहरण दिदै भने,‘संविधानलाई कार्यान्वयन गर्दै यसले दिने उपलब्धीलाई नागरिक माझ पुर्याउनु छ ।’

    लुम्बिनीमा असोज ३ गते संविधान दिवस मूल समारोह आयोजना गरिएको थियो । त्यसअघि असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराइएको थियो भने कार्यालय परिसरमा सरसफाई, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान गरिएको थियो । 

    संविधान कार्यान्वयनको पहिलो दशक : उपलब्धी र चुनौती विषय विज्ञसँग छलफल गरेर निकासको समेत खोजी गरिएको थियो ।