२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भायानेटले सार्वजनिक गर्‍यो ‘महा महोत्सव’ अफर

शुक्रवार , आश्विन ४, २०८१

भैरहवा, ४ असोज । भायानेट कम्यूनिकेशनले यस वर्षको चाडपर्वको अवसरमा भायानेट ‘महा महोत्सव’ अफर सार्वजनिक गरेको छ । ग्राहकहरूको लागि इन्टनरेटको गति बढाउन, बचत र रोमाञ्चक अफर ल्याउँदै आएको भायानेटले आफ्नो अफरलाई अझै आकर्षक बनाएको जनाएको छ ।

कम्पनीका अनुसार महा महोत्सव अन्तर्गत ग्राहकले १२५ एमबीपीएसको सट्टा सोही मूल्यमा २०० एमबीपीएस स्पीड प्राप्त गर्न सक्छन् । केवल वार्षिक रु. ८ हजार ९ सय ९९ सयमा भायानेटले आफ्ना अहिलेका १२५ एमबीपीएस सब्सक्राइब गर्ने वार्षिक ग्राहकलाई पनि २०० एमबीपीएसमा अपग्रेड गरिसकेको छ ।

त्यस्तै भायानेटले ग्राहकको घरभरी वाईफाई कभरेज बढाउन जेडटीई को मेश वाईफाईमा अफर ल्याएको छ । ग्राहकले मेस वाईफाई राउटरमा दुईवटा सेटलाई १ को मूल्यमा पाउन सक्ने कम्पनीले जनाएको छ । जसको लागि मात्र रु. ३ हजार (भ्याटसहित) अतिरिक्त तिर्नुपर्नेछ ।

यो मेस अफ भायानेटका २०० एमबीपीएस वा माथि उल्लेखित वार्षिक ग्राहकहरुलाई मात्र सीमित छ । त्यति मात्र नभइ भायानेटका तीन महिना भन्दा बढी नविकरण अथवा नयाँ जडान गर्ने ग्राहकहरुले ग्लोबल नं. २ टी.भी. ब्राण्ड, हाईसेन्सको टि.भी., फ्रिज, वासिङ मेसिन जस्तो इलेक्ट्रोनिक सामानहरुको खरिदमा २८ प्रतिशत छुट पाउनेछन् ।