२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न

शुक्रवार , आश्विन ४, २०८१

  • 718
    Shares
  • 718
    Shares
  • बुटवल, ४ असोज ।

    नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीले जिल्लाभित्र संगठनका गतिविधिलाई तीव्रता दिएको छ । यसै क्रममा शुक्रबार बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।

    बुटवलको अधिवेशनबाट विशाल थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । ३१ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा प्रतिक गौतम, आशिष कंडेल, सागर वि.क., इशाक अलि, सचिवमा आयुश कक्षपति, सह–सचिवमा विशाल पाण्डे, अतित आचार्य, बिन्दु राना मगर र कोषाध्यक्षमा केशव पौडेल रहेका छन् । त्यस्तै सदस्यमा विष्णु पाण्डे, असिम पुन, रेविसा कुँवर, सुवास सुनार, नारायण न्यौपाने, सन्ध्या न्यौपाने, अमरजित महतो, सरोज श्रेष्ठ, दिपशिखा खनाल, राज गुप्ता, असलम खान, रोशन न्यौपाने, मनिष खरेल, कृष नेपाल, आकाश गौतम, प्रताप भट्टराई, मञ्जु भुसाल र जोसेफ घिमिरे रहेका छन् ।

    अधिवेशनको अनेरास्ववियुका स्थायी कमिटी सदस्य लेखनाथ खनालले उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगर इञ्चार्ज गोपाल राना प्रमुख वक्ताको रुपमा खुला सत्रमा सम्बोधन गरेका थिए ।

    अधिवेशनमा एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इञ्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इञ्चार्ज साजन भण्डारी, सह–इञ्चार्ज शेषकान्त पोखरेल, एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली, अनेरास्ववियु प्रदेश कमिटी सचिव रमेश ढकाल, जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, उपाध्यक्ष निरज आचार्य रोशन घिमिरे, रोहित कुमार सुनार लगायतले बोलेका थिए । अध्यक्ष रोशन घिमिरेले यस अवधिको कामको समीक्षासहित राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    तिलोत्तमा नगर कमिटीमा दिवस खनाल सर्वसम्मत अध्यक्ष चयन

    अनेरास्ववियु तिलोत्तमा नगर कमिटीको बिहीबार शंकरनगर पार्टी कार्यालयमा सम्पन्न भएको दोस्रो नगर अधिवेशनले दिवस खनालको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा पूर्ण रोका, प्रज्वल पाण्डे, सचिवमा मदन न्यौपाने, सह–सचिवमा निरुता गिरी, प्रतिक भारद्वार, आनन्द माली र कोषाध्यक्षमा शनी बन्जाडे रहेका छन्।

    त्यस्तै सदस्यहरुमा अविनाश सुनार, रोशन थापा, प्रविन थापा, राम श्रेष्ठ, सुजाता भट्टराई, दिया मल्लाह, लेविष्का भट्टराई, उर्मिला थारु, सुरक्षा खरेल, आकृति भण्डारी, खुस्वु बानिया, सन्तोष पोखरेल, सिमा घिमिरे, शिला पाण्डे, निशा ढकाल, गौरव अर्याल, अरविन्द थारु, सक्षम पाण्डे र निशा खनाल रहेका छन् ।

    अधिवेशनमा अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष तथा एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

    अधिवेशनमा एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इञ्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इञ्चार्ज साजन भण्डारी, सहइन्चार्ज शेषकान्त पोखरेल, एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेय, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी सचिव रमेश ढकाल, जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, कार्यक्रमका अध्यक्ष सरोज खनाल, मदन न्यौपाने लगायतले बोलेका थिए । अध्यक्षको र्फबाट सरोज खनालले यस अवधिको कामको समीक्षासहित राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    73184d4e-6319-479b-b3c0-6ec3ed343b3c.jpeg