२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी इन्टिग्रेटेडद्वारा सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

शनिवार , आश्विन ५, २०८१

तिलोत्तमा, ५ असोज । 
रुपन्देहीको तिलोत्तमास्थित लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले विद्यार्थीहरूको लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम खत्रीको विशेष उपस्थितिमा बीए.एल.एल.बी. प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको लागि सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै एसपी श्याम खत्रीले वर्तमान समयमा ट्राफिक प्रहरीको भूमिका, राजमार्ग सुरक्षा र दुर्घटनामा युवाहरूले खेल्नुपर्ने भूमिका बारेमा जानकारी गराएका थिए । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ हजार १ सय २० जना मानिसको दुर्घटनाको कारणले मृत्यु भएको र धेरै मानिसहरू गम्भीर घाइते भएको उनले रिपोर्ट सुनाए ।

अधिकांश दुर्घटना मानवीय कारणले हुने गरेकोले ट्राफिक सचेतना सम्बन्धी नेपाल प्रहरीले निर्माण गरेको भिडियो देखाउँदै ट्राफिक नियम उल्लंघन र दुर्घटना हुने कारणहरूको बारेमा विद्यार्थीहरुलाई सचेत गराइएको थियो ।

कार्यक्रमसँगै विद्यार्थीहरुले योगिकुटीस्थित शान्तिकुञ्जमा ट्राफिक नियमहरूको कसरी कार्यान्वयन गर्ने भनेर भनेर अभ्यास समेत गरेका थिए ।

WhatsApp Image 2024-09-20 at 5.39.05 PM (1).jpeg