
आइतवार , आश्विन ६, २०८१
काठमाडौं, ६ असोज । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समावेशिता, समानुपातिक प्रतिनिधत्व बढ्नेगरी संविधान संशोधन हुने बताएका छन् ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी गरे । उनले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको उल्लेख गरे । उनले निर्वाचन प्रणालीबाट सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने पनि बताए । उनले कसैको दबाब र लहडमा नेपाली काँग्रेस प्राप्त उपलब्धिबाट पछाडि नहट्ने बताए ।
उनले समानुपातिक प्रणाली हटाइ राष्ट्रिय सभालाई समानुपातिक बनाउने कुरा पार्टीका केही नेताहरुले गरेको भन्दै काँग्रेस त्यसको पक्षमा नरहेको बताए । राष्ट्रिय सभालाई समानुपातिक बनाउने कुरा काँग्रेसको नीति नरहेको भन्दै गलत प्रचर नगर्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिए । आन्दोलनबाट स्थापित गरेको समावेशिता, समानुपातिक प्रतिनिधत्व, महिला, दलितको प्रतिनिधित्व बढ्ने तर नघट्ने प्रतिवद्धता जनाए ।
महामन्त्री थापाले सात बुँदे सहमति हुनुभन्दा पहिला नै निर्वाचन प्रणाली लगायतका केही विषयमा संविधान संशोधन गर्नेकुरा उल्लेख गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij