
आइतवार , आश्विन ६, २०८१
दाङ, ६ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका–३ चखौरा स्थित थारु साँस्कृतिक संग्राहलयको अवलोकन गरेका छन् । पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रितिरिवाज, भेषभुषासहित परम्परागत रुपमा प्रयोग हुँदै आएका तर, हाल लोप हुने अवस्थामा पुगेका वस्तुहरु संरक्षण गरेर राखिएको छ ।
पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी संरक्षक रहेको यो संग्राहलयमा थारु समुदायको जन्म, मृत्यु, विवाह लगायतका संस्कारसँग जोडिएका परम्पराहरुलाइ चित्र, मूर्ति, गरगहना, भेषभुषाबाट चित्रण गरिएको छ ।
पछिल्ला दिनमा विद्यार्थी तथा थारु कला, संस्कृतिको सोधकर्ताहरुको आकर्षणको थलो बन्दै गएको छ । विद्यार्थीहरु थारु समुदायको संस्कार अध्ययन गर्न आउने गरेको थारु साँस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् । संग्रहालय अवलोकन गर्न भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij