२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

नेपालको अर्थतन्त्र सुधार हुँदै : आइएमएफ उपनिर्देशक

आइतवार , आश्विन ६, २०८१

काठमाडौं, ६ असोज ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन् । उनले नेपालमा लगानी सहजीकरण सम्बन्धी कानूनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरिन् ।

सो अवसरमाअर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए ।