२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

होटल दा फ्यामिंगोद्वारा अपांग आश्रमलाई भोजन

शनिवार , फाल्गुण २२, २०७७

बुटवल, २२ फागुन ।
बुटवलको योगीकुटीस्थित होटल दा फ्यामिंगोले बुटवल देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा आश्रितलाई खाना खुवाएको छ । यही फागुन २७ गते शिवरात्रिको दिनबाट सञ्चालनमा आउन लागेको होटलले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो होटेलमा तयार खानाका परिकारहरु पहिलोपटक आश्रममा आश्रितलाई खुवाएको हो । 

होटलका अध्यक्ष तथा सञ्चालक दिलीप गौचन, हेड अफ डिपार्टमेन्ट, कर्मचारी लगायतको उपस्थितिमा आरुममा आश्रित ३५ जनालाई खाना खुवाइएको होटेलका महाप्रबन्धक काशीराम अधिकारीले बताए । आश्रममा आश्रितसंगै होटेलका अध्यक्ष, महाप्रबन्धक सहितको टोलीले पनि आश्रममै खाना खाएका थिए । 

यसअघि गत साता होटलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी तारे स्तरको होटेल सञ्चालनमा ल्याउन लागिएको छ ।