
सोमवार , आश्विन ७, २०८१
काठमाडौं, ७ असोज ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल सोमबार (आज) राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेका हुन् ।
उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij