
सोमवार , आश्विन ७, २०८१
भैरहवा, ७ असोज ।
पाल्पाली मल्टीपर्पोज कम्पनी प्रा.लि. तानसेन नगरपालिका–२, पाल्पाले रुपन्देहीको बुटवलमा सेमिनार प्रोग्राम गर्ने भएको छ । जापानमा अध्ययन तथा रोजगारीका सिलसिलामा जान चाहनेहरुलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागिएको प्रा.लि.ले जनाएको हो ।
यही असोज ९ गते ९ गते बुधबार बिहान १०ः३० बजेदेखि श्रवणपथ, सुख्खानगरस्थित होटल म्यारीगोल्डमा कार्यक्रम सुरु हुने पाल्पाली मल्टीपर्पोज कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक ई. राजन श्रेष्ठले बताए । कार्यक्रममा जापानका प्रतिष्ठित कम्पनीबाट कन्सलटेन्ट (सल्लाहकार) आउने श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रवेश शुल्क निःशुल्क रहेको उनले बताए ।
‘लुम्बिनी प्रदेशमै पहिलोपटक ब्याचलर इन म्यानेजमेन्ट, सिभिल इञ्जिनियर, कम्प्युटर इञ्जिनियर, इण्डष्ट्रियल, मेकानिकल इञ्जिनियर तथा विभिन्न विषयमा दक्षता हासिल गर्नुभएका र उज्जवल भविष्यको खोजीमा बस्नुभएका सम्पूर्ण विद्यार्थी तथा जागिर गरी अनुभव लिइ बस्नुभएकाहरुका लागि सेमिनार आयोजना गरिएको हो, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij