
मंगलवार , आश्विन ८, २०८१
भैरहवा, ८ असोज ।
रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराट मेडिकल कलेज फ्युजन, रोट्रयाक्ट क्लब अफ पोखरा र ईट्टाभट्टा म्युनिसिलको आतिथ्यतामा प्रथम बैठक (पिएस मिट) विराटनगरमा सम्पन भएको छ ।
उद्घाटन सत्रको कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ विराटनगरका प्रेम पारखले गरेका थिए भने पिएस मिट कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का डीआरआर विक्रम क्षेत्रीले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले देशैभरका रोट्रयाक्ट क्लबका अध्यक्ष एवं सचिवहरू र रोट्रयाक्ट अभियानमा लागेका युवाहरूलाई विराटनगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले रोट्रयाक्टको माध्यमबाट युवाहरूको व्यक्तित्व र नेतृत्व विकास हुने भएकाले यो अभियानमा जोडिन सबै युवाहरूलाई आग्रह गरे ।
त्यस्तै डिआरआर विक्रम क्षेत्रीले बाँकी कार्यकाललाई उत्कृष्ट बनाउनका लागि यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले अझै महत्वपूर्ण रोट्रयाक्ट गतिविधिहरु सञ्चालन गर्नुपर्ने र रोट्रयाक्टमा अझै युवा सहभागी बढाउन सकिनेमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व डीआरआर विकेशराज बज्राचार्य, कार्यक्रमको कि नोट स्पिकरको रूपमा रोट्रयाक्ट क्लब अफ मनोहराका पूर्वअध्यक्ष एवं रोट्रयाक्ट डिष्ट्रिक्टका पूर्व सचिव प्रदिप धितालले आफ्ना भनाइ राखेका थिए ।
रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का सचिव सुबिन खड्का, नम्रता लम्साल र रोजी श्रेष्ठको सञ्चालन, डिआरआर इलेक्ट दिनेश गैरे र सविन राउतको स्वागतमा भएको कार्यक्रममा ५३० जनाको सहभागीता रहेको रोट्रयाक्ट डिष्ट्रिक्ट मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij