२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मृगौलापीडितलाई लायन्स गौतमबुद्धको सहयोग

शनिवार , श्रावण २४, २०७७

भैरहवा, २४ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले मृगौला सम्बन्धि रोगबाट पीडित एक जना विरामीलाई सहयोग गरेको छ । 

सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का ५५ वर्षिय मेहमुद आलमलाई शनिबार नगद २१ हजार प्रदान गरेको कार्यक्रम संयोजक तथा क्लबका सह–सचिव सुमेर विक्रम खांणले बताए ।

दुवै मृगौला काम नलाग्ने भएर भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका आलमलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक रकम प्रदान गरिएको क्लबका अध्यक्ष अरुण कुमार मिश्राले बताए । ‘हामीले प्रदान गरेको रकमले मृगौलासम्बन्धि रोगबाट पीडित विरामीलाई केही भए पनि राहत होस् भन्ने उद्देश्य हो, विपन्न परिवारलाई अन्य संघ–संस्थाहरुको पनि सहयोगको आवश्यकता छ, उनले भने ।

आर्थिक रकम हस्तान्तरण कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष दिनेश गुप्ता र तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायको उपस्थिति रहेको थियो । विद्युत सम्बन्धि काम गर्दै आएका आलम विगत ५ महिनादेखि मृगौलासम्बन्धि समस्याबाट ग्रसित छन् ।