२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खुल्यो दसैँको अग्रिम बसको टिकट बुकिङ

बुधवार , आश्विन ९, २०८१

काठमाडौं, ९ असोज ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने जनाएको छ । 

उपत्यकाका बिभिन्न स्थानमा यात्रु सहायता कक्षसहित यहि शनिबारबाट अग्रिम टिकट बुकिङ खुला हुने महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

उपाध्यक्ष सिटौलाले घटस्थापनाअघि नै सडकहरुको ममर्तसम्भार सक्ने प्रतिवद्धता सरकारी निकायबाट आएपछि बसको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको बताए । यात्रुहरुलाई सहज ढंगले यात्रा गराउनका लागि सरोकार निकायसंग निरन्तर छलफल गरिने उनको भनाइ छ ।

सिटौलाले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै आधिकारिक व्यक्तिबाटमात्रै अग्रिम टिकट काट्न सुझाव दिए । 

दशैको १०–१२ दिनभित्र लाखौ सर्वसाधारणलाई सुरक्षित यात्रा गराउनुपर्ने भएकाले केहि कठिनाई हुने भएपनि महासंघले सवै तयारीलाई तीव्र रुपमा अघि बढाउने उनले बताए । उनले बाटोका कारण हुने कठिनाईको जिम्मेवारी भने महासंघले नलिने स्पष्ट पारे ।