२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

बुधवार , आश्विन ९, २०८१

काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताएका छन् ।

बुधवार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफ।एम। सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र सांस्कृतिक क्षेत्रलाई विशेष ध्यान दिइरहेको बताए । उनले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवद्र्धन हुने बताए । खेल क्षेत्र समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्वपूर्ण रणनीतिक क्षेत्र भएको उनले उल्लेख गरे । उनले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने बताए । 

उनले नेपालले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा पनि पदक हासिल गर्न सफल भएको भन्दै यस वर्ष कहिल्यै नर्बिसने वर्ष बन्न गएको बताए । उनले चेस प्रतियोगिता पनि बिस्तारै देशको खेल क्षेत्रमा महत्वपूर्ण प्रतियोगिताको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।