२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

शहिद यादवनाथ आलोक स्मृति फुटसलको उपाधि वडा नम्बर ४ लाई

आइतवार , फाल्गुण २३, २०७७

बुटवल, २३ फागुन ।
रुपन्देहीमा सम्पन्न शहिद यादवनाथ आलोक स्मृति फुटसल प्रतियोगिता २०७७ को उपाधि वडा नम्बर ४ ले हात पारेको छ । शनिबार भएको फाइनलमा वडा नम्बर १ माथि ट्राइबेकरमा ३–२ गोल अन्तरको जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसंगै वडा नम्बर ४ नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता वडा नम्बर १ नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । 

प्रतियोगितामा वडा नम्बर १ का अतीत राना सर्वोकृष्ट खेलाडी, वडा नम्बर ४ का अमन पुन, वडा नम्बर १७ का सुरेश राना हाईस्कोर घोषित हँुदै नगद १ हजार पाँच सय, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले संचालन फागुन २० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको संयोजक अर्जुन क्षेत्रीले बताए । 

यसैबिच प्रतियोगिताको उपाधि विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांण, शहिद परिवारकी बिना न्यौपाने, तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षेत्रीले पुरस्कार वितरण गरेका छन् । 

कार्यक्रममा बोल्दै नेता खांणले युवाहरुलाई रचनात्मक र क्षमता विकासका काममा लाग्न सुझाव दिए । खेलमार्फत युवाहरु एकतावद्ध हुने र नयाँ काममा अग्रसर हुनुपर्ने समेत बताए । शहिद यादवनाथको स्मरण खेलमार्फत गरेर युवाहरुबाट उदाहरणीय काम गरेको बताए । यसैबीच शनिबार पत्रकार र तिलोत्तमा उद्योग वाणिज्य संघकाबीच भएको मैत्रीपूर्ण खेलमा संघ विजयी भएको छ ।