२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

दुई ठूला देशको विकासबाट नेपालले फाइदा लिनुपर्छः उपमहासचिव बस्नेत

बिहिवार , आश्विन १०, २०८१

  • 352
    Shares
  • 352
    Shares
  • काठमाडौं १० असोज ।नेकपा माओवादी केन्द्र का उपमहासचिव शक्तिबहादुर बस्नेतले दुई ठूला देशको विकासबाट नेपाली समाज लाभान्वित हुनुपर्ने बताएका छन ।


    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारत अहिले इमर्जिङ इकोनोमीमा आइरहेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने बताएका हुन। उनले छिमेकी देशहरुले गरेको प्रगतिबाट अर्को छिमेकी देश खुशी हुनु स्वभाविक रहेको भन्दै भारतले गरेको प्रगतिबाट नेपाल पनि खुशी रहेको बताए । उनले तिब्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुरा आवश्यक रहेको बताए। 


    उनले भने, ‘यतिबेला भारत एउटा इमर्जिङ इकोनोमीमा देखिरहेको छ । इमर्जिङ इकोनोमीको रुपमा जसरी भारत अघि आइरहेको छ, यो हामी सबैको लागि खुशीको कुरा पनि हो । एक छिमेकी र एक असल मित्र छिमेकीले गरिरहेको प्रगतिबाट हामी सबै खुशी हुने कुरा स्वभाविक छ । हामी खुशी छौँ । त्यो तिब्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुराको आवश्यक हुन्छ । दुई तिहाई हाम्रो ट्रेड भारतसँग छ । आफूसँग भएका श्रोत र साधनको सही ढंगले प्रयोग गर्नसक्ने मुलुकले नै समृद्धिको यात्रा तय गर्दछन् ।

    ४५ प्रतिशत वनजंगलको सही सदुपयोग गर्न आवश्यक छ । जलश्रोतको सही प्रयोगको बारेमा सोच्नु अनिवार्य र अपरिहार्य छ ।’उपमहासचिव बस्नेतले नेपालमा रहेको ४५ प्रतिशत वनजंगलको नेपालले सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।