२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

बिहीवार देशभर अस्वभाविक मनसुनी वर्षा हुने

बिहिवार , आश्विन १०, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १० असोज । बिहीवार दिउँसोदेखि देशैभर भारी वर्षा हुने विज्ञहरुले बताएका छन् । देशभर अस्वभाविक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानवबस्तीमा शतर्कता फोर्स इभ्याकुएसन अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्युनचापिय प्रणालीको प्रभावको कारण बिहीवार दिउँसोदेखि आईतवारसम्म मेघ गर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले वर्षा सम्बन्धी जानकारी आफ्नो वेबसाईटमा राखिसकेको छ ।

    वर्षाको यो पूर्वानुमानलाई विज्ञले सामान्य मनसुनी वर्षा भन्दा फरक चरित्रको रहेको भन्दै उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन् । विशेष गरेर नदी जलाधार क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने भएकाले जलाधार तटिय क्षेत्र र आसपासका राजमार्गमा पनि फोर्स इभ्याकुएसन सरकारी निकायले हानी नोक्शानी रोक्न बल प्रयोग गरेर बस्ती खाली गर्ने वा यातायात सञ्चालनमा रोक लगाउने गर्नुपर्ने अवस्था सम्म गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत र शतर्क रहन विज्ञले सुझाव दिएका छन् । साथै धान भित्र्याउने समय पनि भएकाले काटिसकेको धान बिहीबार दिउँसोसम्म थन्क्याउन र नकाटेको धानलाई आईतवारसम्म यथास्थितिमा नै राख्न पनि सुझाव दिएका छन् ।

    त्यसै गरी अत्यावश्यक बाहेकको लामो यात्रा नगर्न पनी विज्ञले सुझाव दिएका छन् । वर्षाको प्रकृति र पूर्वशतर्कताबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा। धर्मराज उप्रेतीले भारी वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने भएकाले यसबाट हुनसक्ने हानी नोक्शानी कम गर्न सरोकारवाला निकायसँगै सर्वसाधरण पनि सचेत हुनुपर्नेमा जोड दिए । 

    उनले भने ‘बंगालको खाडीमा उत्पन्न भएको पानी पार्ने प्रणाली उत्तरतिर सर्दै आएको छ । यो कोशी प्रदेशबाट सक्रिय हुने देखिन्छ । कोशी प्रदेशमा बिहीवार दिउँसोदेखि वर्षा हुने र शुक्रवारको बिहानदेखि पूर्वदेखि काठमाडौं हुदै गण्डकी, लुम्बिनी कर्णाली हुदै सुदूरपश्चिमसम्म पुग्ने देखिन्छ । अनि यो फेरि आईतवार फर्केर लुम्बिनी प्रदेशमा मात्रै केन्द्रित हुने देखिन्छ । केही स्थानमा मेघ गर्जन सहितको मुसलधारे वर्षा हुने देखिन्छ । धान भित्र्याउने समयमा ठूलो वर्षा हुने अवस्था भएकाले धान काटिसकेको भए भित्र्याउने र बाँकी धान खेतीहरु आईतवारसम्म नकाटेर हामीले धान खेतिको क्षति कम गर्नसक्छौँ ।

    मौसम विज्ञान विभागले ५६ वटा जिल्लामा वर्षाको रेड अर्लड जारी गरेको छ । भारी वर्षाले बाढी, पहिरो र डुबान हुने भएकाले सम्बन्धी निकाय संगै आम नागरिक पनि सचेत हुनुपर्ने अवस्था छ ।जमिनमा पानीको मात्रा सेचुरेसन पुगिसकेको अवस्थामा ठूलो पानी प¥यो भने ठूलो पहिरो जानसक्ने,त्यसले नदी थुनिन सक्ने, ड्याम बन्नसक्ने र ड्याम फुट्दा तल्लो तटिय क्षेत्रमा असर पुग्नसक्छ । जल तथा मौसम विज्ञान विभागसँग  १०÷१० मिनेटमा कुन ठाउँमा कति पानी प¥यो भन्ने तथ्यांक हुन्छ । यदि लगातार ६ घण्टामा पानीको मात्रा बढ्दै गयो भने नदी तटिय क्षेत्रमा फोर्स इभ्याकुएन सरकारी निकायले हानी नोक्शानी रोक्न बल प्रयोग गरेर बस्ती खाली गर्ने वा यातायात सञ्चालनमा रोक लगाउने गर्नुपर्ने अवस्था गर्नुपर्ने अवस्था पनि आउनसक्छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार, एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १ सय  मिलिमिटर, १२ घण्टामा १ सय २० मिलिमिटर र २४ घण्टामा १ सय ४० मिलिमिटर भन्दा बढी वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।