
बिहिवार , आश्विन १०, २०८१
काठमाडौं, १० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताएका छन् ।
बिहीवार जनकपुर—जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले सो कुरा बताएका हुन् । उनले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको बताए । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेको बताए ।
उनले सरकारले रेल्वे वासिङ सेन्टरको निर्माण गरिरहेको भन्दै वासिङ सेन्टरको निर्माणसँगै रेल्वे सञ्चालन घाटामा कमी आउने विश्वास व्यक्त गरे । उनले भारतसँग केही सम्झौता गरेर मालवाहक रेल छिटै सञ्चालनमा ल्याउने पनि बताए। भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले व्यापारलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच नेपालको रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij