२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

विपद् उत्थानशिल नेपाल निर्माणका लागि सरकार प्रतिवद्ध छ : गृहमन्त्री लेखक

बिहिवार , आश्विन १०, २०८१

  • 736
    Shares
  • 736
    Shares
  • काठमाडौं, १० असोज । गृहमन्त्री रमेश लेखकले सरकार विपद् उत्थानशिल नेपाल निर्माणका लागि प्रतिवद्ध रहेको बताएका छन् ।

    बिहीवार काठमाडौंमा आयोजित ‘युएसएआइडी टायर नेपाल प्रोजेक्ट लर्निङ शेयरिङ वर्कशप’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकार विपद् उत्थानशिल नेपाल निर्माणका लागि प्रतिवद्ध रहेको बताएका हुन् । उनले २०७२ सालको भूकम्पबाट पाठ सिक्दै आगामी दिनमा समग्र राष्ट्रलाई नै विपद् उत्थानशिल बनाउने भन्नेतर्फ अग्रसर हुन अपरिहार्य भएको बताए ।

    उनले जलवायु परिवर्तनका अनुकुलन एवं विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि आवश्यक नीति, ऐन, नियम, रणनीति, निर्देशिका, मापदण्ड तथा संस्थागत संरचनाका आधार निर्माण भइसकेका पनि बताए। गृहमन्त्री लेखकले नेपाललाई विपद् एवं जलवायु उत्थानशिल बनाउन थप प्राविधिक एवम् वित्तिय स्रोतको आवश्यक रहेको बताए । 

    गृहमन्त्री लेखकले विपद्ले वृद्ध, बालकालिका, महिला, नदि किनाराका बस्ती र भुगोलमा बसोवास गर्ने दलित तथा सिमान्तकृत समुदायहरुलाई धेरै हानी पुर्‍याएको बताए । त्यसैगरी अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायमा पनि बहुआयामिक हानी पुर्‍याएको भन्दै उहाँले त्यसको परिपूरण गर्ने कार्य अति कठिन हुँदै गएको बताए ।