२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नमस्ते किड्सद्वारा शैक्षिक सामाग्री वितरण

आइतवार , फाल्गुण २३, २०७७

बुटवल, २३ फागुन । 
सामाजिक कार्यमा सक्रिय संस्था नमस्ते किड्स नेपालले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बुटवलमा विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको जितेश्वरी माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा ८५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । 

समाजसेवी होम बहादुर गलामीको प्रमुख आतिथ्यता, बुटवल उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालको विशिष्ट आतिथ्यता, बुटवल लेडी जेसीज–२०२१ कि अध्यक्ष सर्मिला राना, नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराई, सर्जिकल व्यवसायी संघ लुम्बिनी प्रदेश शाखा महासचिव विजय आचार्य, नेपाल बाल संगठन रुपन्देही जिल्ला सभापति साजन भट्टराई, फुलवारी गाइज क्लबका अध्यक्ष शिव राना लगायत विभिन्न समाजसेवीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरुले बोल्दै युवापुस्ताहरुद्वारा गरिने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने र अन्य संस्थाहरुले पनि यस्तै सामाजिक कार्यमा हात अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले निस्वार्थ सामाजिक कार्यमा अग्रसर रहेको नमस्ते किड्सको कार्यप्रति सबैले प्रशंसा व्यक्त गरेका थिए ।

कार्यक्रममा बुटवल लेडी जेसीज–२०२१ को तर्फबाट १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो भने न्यू होराइजन स्कुलमा अध्ययनरत मनस्वी श्रेष्ठले २५ जना विद्याथीहरुलाई कलर बक्स हस्तान्तरण गरेकी थिइन् ।

सोही कार्यक्रममा नमस्ते किड्सका संस्थापक सदस्य दिपक गरुङ, संस्थापक सदस्य नितेश शर्मा, जया कुमारी थापा र नेपाल मगर संघ बुटवल उ.म.न.पा वडा नम्बर–१३ लाइ सम्मान समेत गरिएको थियो ।

८५ जना विद्यार्थीलाई नमस्ते किड्सले वितरण गरेको शैक्षिक सामाग्रीमा कापी, कलम, झोला, ड्रेस लगायतका आवश्यक सामाग्रीहरु थिए । नमस्ते किड्सले विगत लामो समयदेखि रुपन्देही र कपिलवस्तुका झण्डै ८० विद्यार्थीहरुलाई नियमित रुपमा अध्ययनका लागि सहयोग गदै आएको छ ।

नमस्ते किड्सकी संयोजक सरु थापाको सभापतित्व र स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थापक सचिव तेजु रानाले गरेका थिए ।