२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेलाई लुम्बिनीमा स्वागत

शुक्रवार , आश्विन ११, २०८१

लुम्बिनी, ११ असोज ।
श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षेलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले खादा लगाएर पूर्वराष्ट्रपतिलाई स्वागत गरेका हुन् । 

उपाध्यक्ष डा. लामाले स्वागत गर्दै श्रीलंकासँग नेपालको सम्बन्ध निकै पूरानो रहेको बताउँदै बुद्ध जन्मस्थल लुम्बिनीले त्यो सम्बन्ध अझ प्रगाढ बनाएको बताए । उनले लुम्बिनी क्षेत्रमा शाक्यमुनी बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीनवटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको बताए । उनले लुम्बिनीसँग श्रीलंकाको सम्बन्ध पनि निकै पुरानो रहेकाले यहाँको विकासमा सहकार्य गर्न सधै तयार रहेको बताए । 

उपाध्यक्ष लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि समेत अनुरोध गरे । राजापाक्षेसँगै श्रीलंकाका लागि नेपाली राजदुत सुदर्शना पाथिराना समेत सहभागी थिए ।

wel come.jpeg

पूर्वराष्ट्रपति राजापाक्षेलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतका कर्मचारीहरुले स्वागत गरे । उक्त अवसरमा कोषका सदस्य सचिव शाक्यले लुम्बिनीमा पूर्वराष्ट्रपतिको भ्रमणले आफूहरुलाई उत्साही बनाएको बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीमा श्रीलंकाले सुरुवाती चरणमै विहार निर्माण गरेकोमा धन्यवाद दिदै यो सहकार्य रहिरहने बताए । त्यस्तै वरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलंकन मन्दिरको पुर्ननिर्माणका लागि अनुरोध गरे । 

1 (2).jpegस्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपति राजापाक्षेले मायादेवी मन्दिरको भ्रमण गरे । श्रीलंकनहरु लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्वराष्ट्रपतिले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । 

परिवारसहित आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरेका थिए । शुक्रबार अपरान्ह लुम्बिनी आइपुगेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे झरीको प्रवाह नगरी मायादेवीको श्रद्धाभक्तिका साथ दर्शन गरेका हुन् । निरन्तरको वर्षाले हिंड्डुल गर्न समेत असहज भएको बेला पूर्वराष्ट्रपति राजापाक्षेले बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धी भएको बताए ।  उनले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ति, पुष्पकरणी पोखरी, अशोक स्तम्भका बारेमा जानकारी लिँदै भ्रमण गरे । 

IMG_8852.JPG

कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी र मायादेवी मन्दिर र लुम्बिनीको महत्वबारे बिफ्रिङ गरेका थिए । त्यस्तै वरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले पुरातात्विक महत्व र मायादेवी मन्दिर परिसरका संरचनाबारे जानकारी दिएका थिए ।