२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बृहत आँखा जाँच स्वास्थ्य शिविरबाट २४० जना लाभान्वित

शनिवार , आश्विन १२, २०८१

भैरहवा, १२ असोज ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा भएको बृहत आँखा जाँच स्वास्थ्य शिविरबाट २४० जना लाभान्वित भएका छन् । शुक्रबार रोहिणी गाउँपालिका–७ टिकरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा भएको निःशुल्क शिविरमा २४० जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जानकारी दिए । अध्यक्ष यादवका अनुसार आँखा परीक्षण गरिएकामध्ये ३९ जनाको मोतीयाबिन्दुको शल्यक्रिया (अपरेशन) हुनेछ । 

गाउँपालिकामा विभिन्न संघ–संस्थाहरुको सहकार्य र समन्वयमा शिविर सञ्चालन भएको उनले बताए । ‘आगामी दिनमा पनि स्वास्थ्य शिविरहरुलाई सञ्चालन गरिने उनको भनाइ छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ, ’अध्यक्ष यादवले भने ।

रोहिणी गाउँपालिका स्वास्थ्य शाखा धकधई, रुपन्देहीको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा शिविर भएको हो ।