२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलबाट काठमाडौं जाँदै गर्दा पुरिएको माईक्रोबाट निकालियो १४ जनाको शव

शनिवार , आश्विन १२, २०८१

भैरहवा, १२ असोज । नौबिसे नागढुङ्गा सडकखण्डमा पहिरोमा पुरिएको एउटा गाडी फेला परेको छ । उक्त गाडीमा सवार १४ जनाको शव फेला परेको धादिङ प्रहरीले जनाएको छ । 
धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले लु १ ज ४५७८ नम्बरको विङ्गर माइक्रो गाडीमा सवार १४ जनाको शव फेला परेको बताए । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको माइक्रो गाडीबाट ती शवहरू निकालिएको हो ।

लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको प्रहरीले जनाएको छ । उक्त गाडी शुक्रबार राती पहिरोमा पुरिएको थियो । बुटवलबाट १३ यात्रु जना लिएर हिँडेको उक्त गाडीका यात्रु र चालक गरी १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. बुटवलले दिएको जानकारी अनुसार उक्त गाडी रमेश लुइँटेलले चलाएर लगेका थिए । बुटवल ट्राफिकचोकस्थित टिकट काउण्टरबाट बुटवल कालिकानगरका ३ जना, देवीनगरका ३ जना र सुख्खानगरका ३ जनाले टिकट काटेका थिए ।

गाडीबाट ८ पुरूष, ५ महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । हालसम्म चालक रमेश लुइँटेल, बुटवल–१६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको प्रहरीले जनाएको छ ।