२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

लायन्स एरिया–५ द्वारा बृहत रक्तदान कार्यक्रम

आइतवार , आश्विन १३, २०८१

भैरहवा, १३ असोज ।
लायन्स इन्टरनेशनल  डिष्ट्रिक ३२५ पी, नेपाल वर्ष २०२४–२०२५ अन्तर्गत एरिया–५ को आयोजनामा भैरहवामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभाहलमा भएको कार्यक्रममा ७१ यूनिट रगत संकलन भएको एरिया–५ का एरिया चिफ अभिनव मयूर कसौधनले जानकारी दिए । ‘अविरल वर्षाको बाबजुद पनि ७१ यूनिट रगत संकलन गर्न सफल भएका छौं, कार्यक्रममा उपस्थित हुने सबैलाई आभार व्यक्त गर्दछौं, ’कसौधनले भने । कार्यक्रममा १५७ जनाको मधुमेह (सुगर) परीक्षण समेत गरिएको उनले बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर युथ र लायन्स क्लब अफ सिद्धार्थनगरको संयोजनमा भएको कार्यक्रमको एरिया–५ अन्तर्गत रहेका लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ, सिद्धार्थनगर प्रोफेसनल, सिद्धार्थनगर गौतमबुद्ध, सिद्धार्थनगर प्रोग्रेसिभ, सिद्धार्थनगर टुलिप, सिद्धार्थनगर लेडी ग्लीम, भैरहवा लिगेसी आयोजकको थिए ।

त्यस्तै लियो क्लब अफ भलवारी सिटी, सिद्धार्थनगर नोबल लेडिज, सिद्धार्थनगर, लुम्बिनी क्रियटीभ लेडी, सिद्धार्थनगर होलीसिटी, सिद्धार्थागर सेन्टिनियल, सिद्धार्थनगर लोटस र सिद्धार्थनगर मिडटाउन कोटिहवा पनि कार्यक्रमको आयोजक थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स इन्टरनेशनल  डिष्ट्रिक ३२५ पी, नेपाल वर्ष २०२४–२०२५ का फस्ट भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले एरिया–५ ले पुनित कार्य गरेको बताए । उनले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजित कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर सन्दिप कसौधन, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्व डिष्ट्रिक गभर्नर नवराज न्यौपाने लगायतले रक्तदानको महत्वका बारेमा भनाइ राखेका थिए ।

एरिया चिफ अभिनव मयूर कसौधनको अध्यक्षता, लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष निकेश देव हटुवाल र लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशीलका अध्यक्ष बबिता पाण्डेको स्वागत तथा एरिया–५ का सचिव क्रितेश कुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।