२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

अब ‘डेजी र साया’ ले गर्नेछन् सीमामा निगरानी

आइतवार , आश्विन १३, २०८१

  • 940
    Shares
  • 940
    Shares
  • भैरहवा, १३ असोज । सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा निगरानीका लागि ‘स्क्वायड डग’ परिचालन गरेको छ । खुल्ला सीमा नाकाको फाइदा उठाउँदै हुन सक्ने सीमा अपराधलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न ‘स्क्वायड डग’ परिचालन गरिएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय काठमाडौंबाट आएका ‘स्क्वायड डग’ ले अवैध लागूऔषध, विस्फोटक पदार्थ तथा हातहतियार ल्याए÷नल्याएको पत्ता लगाउने छन् । सीमा क्षेत्रमा ती कुकुरहरुलाई परिचालन गर्नका लागि सशस्त्र प्रहरी वरिष्ठ हवलदार नविन श्रेष्ठको नेतृत्वको (के–नाइन) टोली रुपन्देही आइपुगेको छ ।

    सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध लागूऔषध, विस्फोटक पदार्थ तथा हातहतियार ओसार पसार नियन्त्रण गर्नका लागि उनीसहित ५ जनाको टीम रुपन्देही आएको छ ।

    डेजी र साया नाम गरेका कुकुरले विष्फोटक पदार्थ, लागूऔषध तथा हातहतियार भएको थाहा पाएपछि सामान भन्दा पछाडी गएर भुक्ने तथा कोतरेर संकेत गर्ने हवल्दार श्रेष्ठले जानकारी दिए ।

    सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण, हेडक्वाटर भैरहवाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले कुकुरसहित आएको पाँचजनाको टोलीले सीमा अपराध नियन्त्रणमा थप भूमिका खेल्ने बताए ।

    उनले चाडपर्वलाई लक्षित गरेर तथा सीमा अपराधलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न ‘स्क्वायड डग’ परिचालन गरिएको बताए ।

    उनले भने, ‘सीमा अपराध प्रभावकारी ढंगले समयमै नियन्त्रण गर्न र प्रहरीलाई कार्यसम्पादन गर्न मद्दत पुग्छ ।’ बेलहिया नाका मात्र नभइ आवश्यकता अनुसार कक्ररहवा र भगवानपुर नाकामा स्क्वायड डग परिचालन गरिने उनले जानकारी दिए । उनले भने, ‘आवश्यकता अनुसार जतिबेला पनि चेकजाँच गर्न सकिन्छ ।’

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चाडपर्वका बेलामा मात्र नभइ जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यो टीमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘यसको प्रभावकारिता स्थापित होस् । यो टीमलाई निरन्तरता दिन सके अझ राम्रो कार्यसम्पादन हुनेछ ।’Cdoooo.jpg