२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

घाघरा खोलामा भेटियो दुध बोक्ने गाडी

आइतवार , आश्विन १३, २०८१

भैरहवा, १३ असोज । 
रुपन्देहीमा शनिबार (हिजो) देखि हराइरहेको दुध बोक्ने गाडी घाघरा खोलामा भेट्टिएको छ । दुध बोकेर भैरहवातर्फ आइरहेको भे १ च २६७६ नम्बरको जीप शनिबार बिहानदेखि हराइरहेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले जीप फेला परेको बताए । 

फेला परेको गाडी क्रेन मगाएर निकाल्ने प्रयास भइरहेको एसपी राठौरले जानकारी दिए । जीप चालक प्रकाश तामाङ र सह–चालक उमेश लोध भने अझै बेपत्ता रहेको उनले बताए । बेपत्ता चालक र सह–चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउँदै थियो । सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट जीप हराएको थियो । शनिबारदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरे पनि आइतबार (आज) जीप भेटिएको हो ।