
आइतवार , आश्विन १३, २०८१
काठमाडौं, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले प्राकृतिक विपत्तिको सामना गर्नमा सरकारी संयन्त्र चूकेको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय बनस्थलीमा आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले सरकारको ध्यान रास्वपा, रवि र सहकारीमा रहेकाले प्राकृतिक विपत्तिको सामना गर्नमा सरकारी संयन्त्र चूकेको निष्कर्ष निकालेको हो ।
बैठकपछि रास्वपा कार्यवहाक प्रवक्ता मनिषा झाले सरकारको ध्यान सहकारी प्रकरणमा आफ्नो पार्टीका सभापतिलाई फसाउन केन्द्रीत हुदा प्राकृतिक विपत्तिको सामना गर्न चूकेको बताए । उनले दुई दिनको झरीले दुईतिहाइ सरकारको औकात देखाइदिएको टिप्पणी गरे । प्राकृतिक बिपतीको पूर्वतयारीमा गठबन्धनले संवेदनशीलता नदेखाएकै कारण अहिलेको अवस्था आएको उनको भनाइ छ ।
कार्यवहाक प्रवक्ता झाले प्रक्रियागत रूपमा अघि आए सहकारी प्रकरणको अनुसन्धानमा सघाउन पार्टी तयार रहेको बताए । सांसदलाई पक्राउ गर्दा पुरा गर्नुपर्ने प्रक्रिया बिना अघि बढ्न खोजे स्वीकार्य नहुने उनको भनाइ छ ।
झाले सरकारले पूर्व डीआइजी छविलाल जोशीलाई पक्राउ गर्दा प्रक्रिया नपुगेको समेत जिकिर गरे । त्यस्तै रास्वपा बैठकले पार्टीको पहिलो महाधिवशेन वैशाख २५, २६ र २७ गते चितवनमा गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij