
सोमवार , आश्विन १४, २०८१
भैरहवा, १४ असोज । रुपन्देहीमा आएको बाढीमा परि शनिबारदेखि हराइरहेका दुध बोक्ने गाडीका चालक र सहचालकको शव फेला परेको छ । दुध बोकेर रुपन्देहीको मर्चवार (सम्मरीमाई गाउँपालिका) देखि भैरहवातर्फ आउदै गरेको भे १ च २६७६ नम्बरको जीपसँगै जीपका चालक र सहचालक बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले जीपका चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव फेला परेको बताए । दुवै जनाको परिवार आएर शवको पहिचान गरेको एसपी राठौरले जानकारी दिए ।
जीपलाई आइतबार क्रेनको सहायताले सशस्त्र प्रहरी बल नेपाल नं. २७ हे.क्वा. भैरहवा रुपन्देहीबाट खटिएको टोलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फका घाघरा खोलाबाट निकालिएको थियो ।
सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउँदै गरेको थियो । सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट हराएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij