२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अवरुद्ध दाउन्ने सडक सुचारु गर्न पहल, मर्मत गर्न ६-७ घण्टा लाग्न सक्ने

सोमवार , आश्विन १४, २०८१

दाङ, १४ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्व–पश्चिम राजमार्ग अन्तरगत अवरुद्ध दाउन्ने सडक सुचारुका लागि पहल लिएका छन् । तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग सम्पर्क गरेर सडक मर्मत गरेर तत्काल सुचारु गर्ने वातावरण बनाउन मुख्यमन्त्री आचार्यले आग्रह गरेका हुन् । 

पहिरो जाँदा सडक २ फिटसम्म भासिएको छ । राम्रोसँग मर्मत गरेर सडक सुचारु गर्न ६–७ घण्टाको समय लाग्न सक्ने पश्चिम नवलपरासीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् । ‘म अहिले फिल्डमै छु । अव सडक मर्मतको काम सुरु हुदैछ’उनले भनिन्,‘सडक धेरै भासिएकाले सामान्य मर्मतले यो खुल्ने अवस्था रहेन । छिटो काम सक्ने गरी हामी लागिपरेका छौं । रातको समय छ । यात्रुहरु सवार सवारीसाधनलाई पूर्व र पश्चिमको सुरक्षित क्षेत्रमा रोकिएको छ ।’