२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लियो क्लब अफ सिद्धार्थनगर बोहिमियन्सद्वारा वृक्षरोपण

सोमवार , आश्विन १४, २०८१

भैरहवा, १४ असोज ।
लियो क्लब अफ सिद्धार्थनगर बोहिमियन्सले वृक्षरोपण कार्यक्रम गरेको छ । लायन्स क्लब अफ  सिद्धार्थनगर प्रोग्रेसिभका स्पोन्सरमा स्थापना भएको लियो क्लब अफ सिद्धार्थनगर बोहिमियन्सले सोमबार सिद्धार्थनगर नगरपालिका–९ स्थित रुपन्देही क्याम्पस परिसरमा वृक्षरोपण कार्यक्रम गरेको हो ।

रुपन्देही क्याम्पसको सहकार्यमा कार्यक्रम गरिएको लियो सिद्धार्थनगर बोहिमियन्सकी संस्थापक अध्यक्ष सिर्जना कुंवर क्षेत्रीले बताइन् । ‘वातावरण संरक्षणका लागि रुख–विरुवा आवश्यक छ, यही कुरालाई मध्यनजर गर्दै वृक्षरोपण गरेका हौं, ’उनले भनिन् ।

कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायले लियो सिद्धार्थनगर बोहिमियन्सले रचनात्मका कार्य गरेको बताए । कार्यक्रममा विशिष्ट अतिथि उपप्राध्यापक मिन प्रसाद शर्मा लगायतले भनाइ राखेका थिए । 

क्याम्पस परिसरमा ५० वटा विरुवा रोपिएको कार्यक्रम संयोजक निसा बेल्बासेले जानकारी दिइन् ।

WhatsApp Image 2024-09-30 at 12.49.10 PM (1).jpeg