२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा वृद्धवृद्धालाई सम्मान

मंगलवार , आश्विन १५, २०८१

  • 865
    Shares
  • 865
    Shares
  • बुटवल, १५ असोज । 
    अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीले सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैन्जु वृद्ध आश्रम, तल्लो फुलबारी–पाखापानी, बुटवलमा वृद्धवृद्धा सम्मान तथा खाद्यान्न एवं अत्यावश्यक सामग्री प्रदान गरेको छ ।

    आश्रमका वृद्धवृद्धलाई दोसल्ला ओढाइ सम्मान गरिएको हो । समाजका जिल्ला सभापति अर्जुन ज्ञवाली, समाजका केन्द्रिय पूर्व सभापति गोविन्द खनाल, आश्रमका संरक्षक तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैंजु, समाजका केन्द्रिय सदस्य÷पूर्व सभापति डि.पी. खनाल, पूर्व सभापति कृष्ण प्रसाद पराजुली, पूर्व सभापति हरिश ढकाल तथा पदाधिकारी सदस्यहरुले सम्मान गरेका थिए । त्यस्तै समाजले खाद्यान्न तथा दैनिक रुपमा प्रयोग हुने अत्यावश्यक सामग्री समेत आश्रमलाई हस्तान्तरण गरेको थियो ।

    कार्यक्रम प्रमुख अतिथि आश्रमका संरक्षक एवं जेसीआईका पूर्व अन्तर्राष्ट्रिय  उपाध्यक्ष अनुपमान सैंजुले मानव अधिकार तथा शान्ति समाज रुपन्देही जिल्लाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वृद्धवृद्धालाई सम्मान तथा खाद्यान्न एवं अत्यावश्यक सामग्री प्रदान गरेकोमा आभार व्यक्त गरे । उनले आगामी दिनहरुमा पनि निरन्तर सहयोगको अपेक्षा गरे ।

    समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले नेपालमा युवाहरू विदेश पलायन भइरहेको वर्तमान परिस्थितिमा वृद्धवृद्धाहरुको हेरचाह चिन्ताको विषय भएको उल्लेख गरे । उनले प्रत्येक परिवार, समाज, संघ–संस्था र सरकारले समेत यसको समाधान निकाल्न अब ढिलो नगर्न गरे । उनले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस अवसरमा सम्पूर्ण जेष्ठ नागरिक बुवाआमाको आयु, आरोग्य र खुसी जीवनको शुभकामना व्यक्त गरे ।

    कार्यक्रम मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, सहसचिव अर्जुन कुवरको स्वागत तथा सचिव लिलाधार लुइँटेलको सञ्चालनमा सम्पन्न भएको थियो ।