२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बाढी पहिरोमा अहिलेसम्म २२८ जनाको मृत्यु, २८ जना अझै बेपत्ता

बुधवार , आश्विन १६, २०८१

भैरहवा । हालै आएको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ । बाढी पहिराेमा परि २५ जना बेपत्ता भएकाे गृह मन्त्रालयले जनाएकाे छ। बाढीपहिरामा अन्य एक सय ५८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन जारी राखिएकाे छ ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।