२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

सक्षम सहाराद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बुधवार , आश्विन १६, २०८१

  • 946
    Shares
  • 946
    Shares
  • भैरहवा, १६ असोज ।
    सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर नगरपालिका–६, किशोरपुर, रुपन्देहीले भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा कार्यक्रम गरिएको समूहकी अध्यक्ष शान्ता कंडेलले बताइन् ।

    कार्यक्रम बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले वडा कार्यालय समूहको साथमा रहेको बताए । उनले यो संस्थालाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘वडा कार्यालयले तपाईहरुसँग हातेमालो गर्दै अघि बढ्छ ।’ 

    त्यस्तै श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ताले सक्षम सहारा बहुउद्देश्यीय महिला समूह उदाहरणीय संस्था रहेको बताए । उनले समूहको नेतृत्व र सदस्यहरुको क्रियाशिलताका कारण यो संस्था आफ्नै भवनमा सञ्चालन भइरहेको बताए । उनले संस्थालाई अघि बढाउन साथ र सहयोग गर्ने बताए ।

    सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेलको अध्यक्षता, समूहकी कोषाध्यक्ष खिम कुमार थापाको स्वागत तथा सह–सचिव रविना भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर–६ का वडा सदस्य अनिल कुमार सिंह गुरुङ्ग, नापी कार्यालय बुटवलका पूर्व कार्यालय प्रमुख ठाकुर प्रसाद गुरौ, हिन्दू युवा बाहिनी लुम्बिनी प्रदेशका अध्यक्ष पुरन सिंह राना लगायतले भनाइ राखेका थिए ।

    WhatsApp Image 2024-10-01 at 7.26.52 PM.jpeg