२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा गोविन्द खनाल निर्वाचित

आइतवार , फाल्गुण २३, २०७७

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • बुटवल, २३ फागुन ।

    मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित भएका छन् । समाजको फागुन २१ र २२ गते पोखरामा सम्पन्न २३ औँ राष्ट्रिय परिषद् बैठक (महाधिवेशन)बाट खनालसहित सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

    समाजको वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल, उपसभापतिमा महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ, महासचिवमा काठमाण्डौका रामकृष्ण बराल, कोषाध्यक्षमा काठमाण्डौकै जगन्नाथ पुडासैनी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले बताए ।

    त्यस्तै केन्द्रिय सचिवमा प्रदेश १ बाट विकास थापा, प्रदेश २ बाट अमरबहादुर गौतम, बाग्मती प्रदेशबाट बाबुहरी आचार्य, गण्डकी प्रदेशबाट धिरज थापा, लुम्बिनी प्रदेशबाट केन्द्रिय सचिवमा मिना ढकाल, कर्णाली प्रदेशबाट पुष्पा मल्ल, सुदुरपश्चिम प्रदेशबाट मदनबहादुर कुँवर, आदिवासी÷जनजाती सचिवमा रामप्रसाद जोशी, सचिव (मधेशी) मा बन्दना सिहं, सचिव दलितमा निर्मल नेपाली, सचिव महिलातर्फ नम्रता खरेल पनि निर्विरोध निर्वाचित भएको अधिकृत पाण्डेले जानकारी दिए ।

    त्यसै गरी ४ जना महिला सदस्यमा निर्मला सुवेदी, सरस्वती नेपाली, सुमित्रा बञ्जरा र सरस्वती ढकाल निर्वाचित भएका छन् भने सदस्य खुलातर्फ ६ पदका लागि लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बञ्जारा, माधवप्रसाद गौतम, विष्णु प्रसाद भुसाल, सन्तोष रौनियार, दिलबहादुर कार्की पनि निर्विरोध निर्वाचित भएका छन् ।  महाधिवेशनको उद्घाटन नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए ।