२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

विश्व अहिंसा दिवसको अवसरमा सडक कविता वाचन तथा दीप प्रज्वलन

बुधवार , आश्विन १६, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • बुटवल, १६ असोज । 
    अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्लाले बुटवलस्थित ट्राफिक चोकमा अहिंसा विषयक सडक कविता वाचन तथा दीप प्रज्वलन कार्यक्रम कार्यक्रम गरेको छ ।

    कार्यक्रममा विभिन्न साहित्यकारले अहिंसासँग सम्बन्धित कविता वाचन गरेका थिए । कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय सभापति गोविन्द खनालले अहिंसाको अर्को विकल्प हुनै नसक्ने बताए । उनले विश्वमा शान्ति, मानवअधिकार र लोकतन्त्रको लागि अहिंसात्मक आचरण, गतिविधि र अभियानहरु हुनुपर्ने औल्याए ।

    वरिष्ठ लेखक ऋषि आजादले महात्मा गान्धीको अहिंसात्मक आन्दोलन अदभूतपुर्व रहेको र शान्तिपुर्ण आन्दोलनले पनि परिवर्तन सम्भव छ भन्ने प्रमाणित भएको उल्लेख गरे ।

    समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले आत्मानुसान, आफूले गर्ने बोली व्यवहारले परिवार, समाज, लिंग, जात, धर्ममा हिंसा भएको छ कि छैन भनेर निर्मम आत्मबोध गरेर अहिंसात्मक आचारण सबैले लागू गर्नुपर्नेमा जोड दिए । उहाले हिंसालाई कुनै पनि हिसाबले कदापी स्वीकार गर्न नसकिने बताए ।

    कार्यक्रममा शान्ति समाजका पूर्व जिल्ला सभापति हरिश ढकाल, कृष्ण पंगेनी, कृष्ण भट्टराई तथा बुटवल जेसीजका पूर्वअध्यक्ष मथुरा पिया, बिन्ध्या किशोर जोशी, महिला नेतृ रीता केसी, रीता सेन, युवा नेता मुक्ति पौडेल, युवा उद्यमी मञ्च रुपन्देहीका पूर्वअध्यक्ष सन्देश श्रेष्ठ, शान्ति समाजका पदाधिकारी, आजीवन सदस्य, सदस्य लगायतको उपस्थिति थियो ।

    मानवअधिकार तथा शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा तथा सचिव लिलाधर लुइँटेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।