२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभद्वारा जिप्रका रुपन्देहीलाई बुकसेल्फ हस्तान्तरण

बुधवार , आश्विन १६, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १६ असोज ।
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले जिल्ला प्रहरी कार्यालय (जिप्रका), रुपन्देहीलाई दुई थान बुकसेल्फ हस्तान्तरण गरेको हो । कार्यालयमा रहेको पुस्तकालयमा पुस्तक राख्न सहज होस् भन्ने उद्देश्यले मंगलबार बुकसेल्फ हस्तान्तरण गरिएको क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष संजोगराज तिवारीले बताए ।

    अध्यक्ष तिवारीका अनुसार एउटा बुकसेल्फ क्लबकोतर्फबाट र अर्को क्लबका संस्थापक अध्यक्ष शार्दुल मयूर कसौधनले व्यक्तिगत रुपमा सौजन्य गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स ग्याट टीम मेम्बर संगम न्यौपानेले लायन्स सिद्धार्थनगर प्रोग्रेसिभले उदाहरणीय कार्य गरेको बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर, प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनाल, लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका संस्थापक अध्यक्ष शार्दुल मयूर कसौधन, निवर्तमान अध्यक्ष मिलन विश्वकर्मा, समाजसेवी दिपेन्द्रमान श्रेष्ठ, एरिया–५ का सचिव क्रितेश कुमार श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटीका पूर्वअध्यक्ष सुमन शर्मा, क्लबका अध्यक्ष सन्तोष रायमाझी, अरुण बस्याल, राम मनोहर जैसवाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रम संयोजक तथा एरिया–५ का चिफ अभिनव मयूर कसौधनको स्वागत तथा लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका सचिव भुवन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।