२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा बुलेट मोटरसाइकलको विक्रेता डिएन मोटर्स प्रा.लि.सञ्चालनमा

बिहिवार , आश्विन १७, २०८१

भैरहवा, १७ असोज । 
रूपन्देहीको भैरहवामा डिएन मोटर्स प्रा.लि.ले आफ्नो सेवा सुरु गरेको छ । सिद्धार्थनगर नगरपालिका–७ स्थित नयाँ सडक (काशी सिनेप्लेक्स प्रा.लि.) नजिकैबाट आफ्नो सेवा सुरू गरेको हो। 

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि विक्रेता प्रा.लि. २१ औं शाखा हो । त्रिवेणी ग्रुपको आधिकारिक विक्रेता डिएन मोटर्स प्रा.लि.ले भैरहवामा रहेर बुलेट मोटरसाइकलको विक्रीवितरण सुरू गरेको सञ्चालक नरेश जि.सी.ले बताए । बुलेट मोटरसाइकल पछिल्लो समय युवा पुस्ताको रोजाइ बनेको उनले बताए । नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर सुरु गरिएको सोरुममा २० वटा मोटरसाईकल विक्री भइसकेको र २५ वटा बुकिङ भएको सञ्चालक जिसीले जानकारी दिए । बुलेट मोटरसाइकल नेपालमा पनि एसेम्बल भइरहेको छ ।

मोटरसाईकल खरिद गर्दा एसोसरिजमा ४० प्रतिशतसम्म छुट रहेको छ । प्रा.लि.मा ५ वटा मोडलका मोटरसाइकलहरु रहेका छन् । ३५० सिसिदेखि ४५० सिसीसम्मका मोटरसाइकलको मूल्य ४ लाख ८३ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म छ । 

बुलेट किन्ने युवाका लागि गर्दा उत्कृष्ट सोरुम र सर्भिस सेन्टर रहेको सञ्चालक जि.सी.ले बताए । युवा उद्यमी जिसी सानै उमेरदेखि व्यवसायमा जमेका छन् । उनले बेनली बाइक, टयाक्टर सोरुम सञ्चालन गरेपछि अहिले रोयल रोयल इन्फिल्ड मोटरसाईकल विक्री थालेका हुन् । शोरुम उद्घाटन सत्रमा बिहीबार मोटरसाइकल र्यालीले भैरहवाका विभिन्न स्थानमा परिक्रमा गरी डिएन मोटर्समा पुगेर समापन भएको हो ।

IMG_0775.JPG