२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा विशाल भव्य भगवती रात्री जागरण हुँदै

शुक्रवार , आश्विन १८, २०८१

भैरहवा, १८ असोज । नेपालीहरुको महान पर्व दशैको अवसरमा रुपन्देहीको भैरहवामा विशाल भव्य भगवती रात्री जागरण–२०८१ हुने भएको छ ।  श्री श्री नव दुर्गा पुजा समारोह समिति सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।

यही असोज २४ गते बिहीबार (सप्तमीका दिन) सिद्धार्थनगर–६ गल्लामण्डीस्थित पश्चिमाञ्चल ईङलिस हाई स्कूलको पूर्वी गेट अगाडि रात्री जागरण हुने आयोजकले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

समितिका अध्यक्ष सियाराम यादवले धर्म–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले यसअघि पनि रात्री जागरण आयोजना गरिएको र यसवर्ष पनि निरन्तरता दिइएको जानकारी दिए । उनले कार्यक्रम सफल पार्न साथ र सहयोग गर्न सबैलाई आग्रह गरे । कार्यक्रम गर्न करिब रु. २ लाख ५० हजार खर्च हुने अध्यक्ष यादवले जानकारी दिए। जागरण राती ८ बजेदेखि सुरु हुने उनले बताए ।

भारतीय कलाकारहरु प्रमोद चन्चल, रेनु शर्मा, नेहा सिंह, सन्नी सिंह, सन्नी सावरीया लगायतको टीमको उपस्थितिमा भव्य जागरण कार्यक्रम गरिने कार्यक्रम संयोजक अशोक कुमार साहले जानकारी दिए । त्यस्तै निरज रोमा इन्टरनेशनलको झाँकी र डांडिया कार्यक्रम समेत हुने साहले बताए । 

पत्रकार सम्मेलनमा समितिका सल्लाहकार गौतम गुप्ता, राजु ढकाल, शत्रुधन पण्डित, लालमन साह, राहुल यादव, मनोज प्रजापति, गोविन्द यादव लगायतले बोलेका थिए । सञ्चारकर्मी मनोज क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।